नयाँ म्युजिक भिडियो ‘चट्ट रुमाल’ सार्वजनिक (भिडियो)

२७ श्रावण २०७६, सोमबार १४:३०

काठमाडौँ , गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको लोक फ्लेबरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुले ‘चट्ट रुमाल’बोल रहेको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् । सो गीतमा शब्द सृजना राधा सुवेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ ।

कृष्ण पौडेलले निर्देशन गरेको सो गीतको भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुना फिचरिङ गरिएको छ । सन्तोष नेपालीले कोरियोग्राफी गरेको उक्त भिडियोलाई युवराज खत्रीले छायाँकन गरेका हुन् भने सम्पादन सीताराम भट्टराइले गरेका छन् ।