नयाँ पुस्ताले सम्हाल्दै नेविसंघको कमाण्ड,

२६ आश्विन २०७५, शुक्रबार ११:५८

 

काँग्रेसका शीर्ष चार नेताले नोट अफ डिसेन्ट लेखेर असहमति जनाए पनि केन्द्रीय समिति बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णयपछि युवा पुस्ताका विद्यार्थीहरुमा उत्साह छाएको छ ।

उमेर हद लाग्ने निर्णयसँगै काँग्रेसको नर्सरी मानिने नेविसंघभित्र नयाँ तरङ्ग आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा विभाजित पार्टीको भातृ संगठन पनि तीन समूहमा बाँडिएको छ ।

उमेर हद लागू हुने भएपछि सबै समूहमा ३२ वर्ष पुरा नभएका नेविसंघ हाँक्ने कमाण्डरहरुको खोजी हुन थालेको छ उमेर हद लागू नभएको अवस्थामा नेविसंघका महामन्त्री कुन्दन काफ्ले गायत आधा दर्जन विद्यार्थी नेताहरु अध्यक्षका दाबेदार थिए । उमे/हदका कारण नेविसंघको अध्यक्ष बन्ने उनीहरुको सपना साकार हुन; प्रभावशाली विद्यार्थी नेता मानिले काफ्ले लगायतकोे भूमिका अवको विद्यार्थी अधिवेशनमा निर्णायक हुने जानकारहरु बताउँछन् ।

नेविसंघको विधान अनुसार नयाँ अधिवेशन कार्तिक १६ देखि २० गतेसम्म गरिसक्नुपर्छ । काँग्रेस सभापति शेर बहादुर देउवा निकट मानिने हालका सह–महामन्त्री प्रकाश घिमिरे बलिया उम्मेद्वार मानिन्छन् । सभापति निकट मानिने अम्बिका चलाउनेलाई पनि अबको नेविसंघको नेतृत्वमा आउने बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।

उनी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएकाले उक्त समूहले उनलाई अगाडी बढाउने सम्भावना देखिँदैन ।देउवा पक्षधरकै नेविसंघका सहमहामन्त्री प्रेम जोशी र पवन यादव  बलियो उम्मेद्वार मानिन्छन् ।

काँग्रेस नेता कृष्ण सिटौला समुहबाट सुशील भट्ट, हरि आचार्य र सिजर भट्ट नेविसंघको नेतृत्वका लागि प्रवल दाबेदार हुन् । नेविसंघ भित्र कुशल संगठनकर्ता मानिने भट्टले विद्यार्थीहरुको बीचमा आफ्नो बलियो उपस्थिती देखाएका छन् । भट्टलाई सिटौला समूह पूर्व महामन्त्री प्रकाशमानसिंह अर्जुननरसिंह केसी लगायतको समेत साथ रहेको बुझिएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनेर चिनिएका बर्तामान कोषाध्यक्ष रहेका शिव रिमाल र सागर परियार अबको नेविसंघको नेतृत्वमा आउन सक्ने बलिया प्रतिस्पर्धी हुन् भने केन्द्रिय सदस्य पुन/ लामा पनि नेतृत्वको लागि चर्चामा रहेको नाम हो ।