नगरप्रमुख र प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि

२४ श्रावण २०७७, शनिबार १५:०२

काठमाडौं , पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साहसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत कोरोना पुष्टि भएको पर्साका कोरोना फोकल पर्सन जेमुद ठाकुरले जानकारी दिनु भयो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको संक्रमण पुष्टि भएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हालसम्म पर्सा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९६२ छ। यसमध्ये ७८२ पुरुष र १८० महिला संक्रमित छन्।