नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित जुवाडे पक्राउ

१४ कार्तिक २०७७, शुक्रबार १७:२१

काठमाडौं , चन्द्रागिरी नगरपालिका ४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जना प्रक्राउ परेका छन ।
उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।