नक्कली सुनसहित ३ जना पक्राउ

४ श्रावण २०७५, शुक्रबार १२:१३

साउन ४, काठमाडौं ।

प्रहरीले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलन राखेको छ ।