नक्कली भारतीय नोटसहित एक जना पक्राउ

२० पुष २०७६, आईतवार १२:०८

पर्सा , नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका–८ स्थित बसपार्कमा रहेको प्याराडाईज होटलबाट २९ वर्षीय रियाज देवानलाई पक्राउ गरेको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले देवानको साथबाट २००० दरका ३ थान गरी ६००० नक्कली भारतीय रुपियाँ बदामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार देवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।