धुर्मसको टोली रंगशालाका लागि जग्गा हेर्न चितवन आउँदै

२० चैत्र २०७४, मंगलवार १०:०५

चैत २०, काठमाडौं ।

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि उपलब्ध गराउने भनेको जग्गाको निरीक्षण गर्न कलाकार सीताराम कट्टेल ‘धुर्मुस’सहितको प्राविधिक टोली चितवन आउने भएको छ ।

 

 

भरतपुर महागनरपालिकाले दिएको जानकारी अनुसार धुर्मससहितको टोली मध्यान्न चितवन आउने र महानगरपालिका वडा नः २० मा रहेको जग्गाको अबलोकन निरीक्षण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गबाट करिब १६ किलोमिटर पश्चिममा यो मैदान पर्दछ ।

कलाकार धर्मुसले भरतपुर महानगरले क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा उपलब्ध गराउनु स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

महानगरपालिकाले सोमवार विहान पत्रकार सम्मेलन गरी क्रिकेट स्टेडियमका लागि आवश्यक जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो भने, दिउँसो बसेको बोर्ड बैठकले त्यसलाई पास गरेको थियो ।

धुर्मुसको टोलीमा कलाकारहरु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाणे’, मनोज गजुरेल, गायक प्रमोद खरेल छन् ।

नेपालले एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा आठौं हुँदै एक दिवसीय मान्यता प्राप्त गरेपछि अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न दवाब बढेको छ ।

चार वटा नमूना वस्ती बनाउन सफल धुर्मुस सुन्तली फाउण्डेशनलाई रंगशला बनाउन चौतर्फी दवाब परेको हो ।

सोही अनुसार धुर्मुसले आˆनो महत्वकांक्षी परियोजना ‘नमुना नेपाल’लाई थाती राखेर क्रिकेट रंगशाला निर्माणमा अग्रसरता लिएका छन् ।

धुर्मसले लर्ड बुद्ध इन्टरनेशलन क्रिकेट स्टेडियम -गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला) निर्माण गर्ने घोषणा गरेका छन् ।