धनुषामा टिप्परले ठक्कर दिंदा २ जनाको मृत्यु

२० भाद्र २०७५, बुधबार १२:०१

 

धनुषा– धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकललाई ना १ क ६१८९ नम्बरको ट्रिपरले ठक्कर दिन पुगेको थियो ।

टिप्परको ठक्करबाट अन्दाजी २७ वर्षीय र अर्का २९ वर्षीय युवकको ज्यान जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको छ ।

दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।