धनुषामा घरमै सुतिरहेको अवस्थामा १४ महिने बच्चा चोरी

१६ मंसिर २०७६, सोमबार १३:०२

जनकपुरधाम , धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतिरहेको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्।
बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेको छैन्। दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। अहिले बच्चाको खोजी भइरहेको छ।