दोस्रो राष्ट्रिय अग्र्यानिक कृषि मेला हुँदै

१५ चैत्र २०७४, बिहीबार ११:३०

चैत १५, काठमाडौं ।

ललितपुरको पाटन दरवार स्क्वायर संग्राहलयमा दोस्रो राष्ट्रिय अग्र्यानिक कृषि मेला २०७४ हुने भएको छ । भोलि चैत १६ देखि १९ गतेसम्म आयोजना हुने कुरा आज राजधानिमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

 

यो बर्ष ५० भन्दा बढि स्टल रहने मेलामा कार्यक्रमको उदघाटन १६ गते बिहान ११ बजे कृषिमन्त्री राम कुमारी चौधरीले गर्ने आयोजकले जानकारी दिएका छन् ।

गत वर्ष पनि कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले नेपाल सरकार, कृषि ब्यवसाय प्रबद्र्धन कार्यक्रमको सहकार्यमा माघ १४ देखि १७ गतेसम्म पाटन दरवार स्कवायर संग्रालय ललितपुरमा पहिलो अग्र्यानिक एग्रो फेयरको आयोजना गरेको थियो ।

उक्त मेलामा ५० वटा अग्र्यानिक उत्पादनका स्टलहरु राखिएको थियो भने ४० हजार भन्दा बढीले मेलाको अवलोकन गरेका आयोजकले जनाएको छ ।