देश हत्या हिंशाले आक्रान्त छः नेता केसी

१९ बैशाख २०७६, बिहीबार १४:३३

काठमाडौं, नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले पत्रिकामा समाचार आएकै भरमा देउवालाई दोषी भन्न नमिल्ने बताउनु भयो ।

‘ नेता केसीले दुई तिहाइको बलियो सरकारले पनि देशमा शान्ति सुरक्षा दिन नसक्नु दूर्भाग्य भएको बताउनु भयो ।

‘अहिले दुई तिहाइको सरकार छ । तर यो सरकारले पनि शान्ति सुरक्षा दिन सकेन । देश हत्या हिंशाले आक्रान्त छ । कम्युनिष्टलाई जिताउन नेपाली जनताका लागि दूर्भाग्य हो,’ उहाँले भन्नु भयो । सरकार गफगाफमै भुलिएको भन्दै जनतामा विकासको अनुभूत हुन नसेको बताउनु भयो ।