देशलाई बिखण्डन हुन बाट जोगाऔंः राजनीतिक बिश्लेषक बिष्णुप्रसाद शर्मा

२४ माघ २०७५, बिहीबार १५:२५

काठमाडौं , राजनीतिक बिश्लेषक बिष्णुप्रसाद शर्माले विखण्डनकारी शक्तिविरुद्ध दृढतापूर्वक उभिन सवै देशभक्त राष्टवादी शक्तिलाई आग्रह गर्नु भएको छ । आयोखवर डटकम संगको कुराकानीमा उक्त कुरा बताउनु भएको हो । देश टुक्र्याउन चाहने शक्ति हाम्रो आखाँ अगाडी देखिएको भन्दै शर्माले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा सरकारलाई गम्भीर बन्न र त्यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गर्नु भएको हो । उहाँले विखण्डनकारी शक्तिले तराईका विभिन्न भागमा अराजकता सिर्जना गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो , देशलाई बिखण्डन हुन बाट जोगाऔं । हिन्दू, धर्माबलम्बीलाई जबर्जस्ती धर्म परिवर्तन गराइएकोमा शर्माले चिन्ता समेत ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो , यसलाई नियन्त्रण गर्नु पर्छ । उहाँले देशलाई धार्मिक द्वन्द्वमा फस्नबाट जोगाउन सवै एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले भन्नु भयो, सदियौंदेखिको नेपाली समाजमा कायम रहदै आएको साँस्कृतिक एकता र सद्भाव खल्बलिन दिनु हुदैन । यस्ता गतिविधि गर्न सरकारले नै सहयोग गरिरहेको जनमानसमा अनुभूति भइरहेको बताउनु भयो ।