देशमा विखण्डनकारी शक्ति सक्रिय अध्यक्ष थापा

१४ कार्तिक २०७५, बुधबार १८:०६

सिन्धुली राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आन्तरिक सुरक्षालाई नियन्त्रण गर्न नसक्दा देशमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको आरोप लगाएका छन्।

सरकारले आन्तरिक सुरक्षा नियन्त्रण गर्न नसक्दा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको प्रष्ट छ’ उनले भने।देशमा विखण्डनकारी शक्ति सक्रिय भएको भन्दै पार्टी वा व्यक्ति भन्नुभन्दा पनि देशमा नितिगत र व्यवस्थागत त्रुटी भएको बताए। थापाले सरकारले अहिलेसम्म गरेका गतिविधिका कारण जनता निराश भएको बताएका छन्। देशमा शान्ति, स्थायित्व कायम हुने आशाले जनताले कम्युनिस्टलाई दुई तिहाइकै हाराहारीमा मत दिए पनि सरकार गठन भएको केहि महिनामै जनतामा निराशा छाएको जिकिर गरे। पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले देशमा बाह्य शक्तिको चलखेल र प्रभाव बढेको भन्दै पछिल्लो समय देशमा एक दलीय शासन चलेको जस्तो देखिएकोछ यसलाई नियन्त्रण गर्न बलियो राष्ट्रवादी शक्ति एक हुने प्रक्रिया अगाडि बढेको अध्यक्ष थापाले बताएका छन।