देशभर आज थप ९२७ जना संक्रमित

१२ भाद्र २०७७, शुक्रबार १७:३१

काठमाडौं , शुक्रबार ९२७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ९२७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३६ हजार ४५६ जना पुगेको छ ।

पछिल्लो पटक शुक्रबार ९२७ जना संक्रमित थपिएका हुन् । यसैगरी, २० हजार २४२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट १९५ जनाको मृत्यु भएको छ ।