देशको अर्थतन्त्रलाई जोगाउन सरकारले साझा रणनीति बनाउन जरुरी छः उद्योग ब्यवसायी

७ चैत्र २०७६, शुक्रबार १७:५१

काठमाडौं, नेपाल चेम्बर अर्फ कमर्सका बरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले कोरोनाको जोखिमबाट बच्न सवै नेपाली एक जुट भएर जुटन् जरुरी रहेको बताउनु भएको छ । सम्बाद क्लव नेपालले आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले विश्वमा फैलिएको कोरोनाले नेपालको अर्थतन्त्रमा समेत असर गर्न थालेको भन्दै समस्यालाई शक्तिमा बदल्न जरुरी रहेको बताउनुभयो । बजारमा औषधि कच्चा प्रदार्थ आठ महिनालाई पुग्ने मौज्दात रहेको र सामानहरु आर्यात भइरहेकोले डराइहाल्ने अवस्था नरहेको बताउनुभयो ।
उपभोक्ताले बजारमा सामान अभाव हुन्छ भन्ने हल्लामा लागेर अनावश्य धेरै सामान खरिद गरेर नराख्न बरिष्ठ उपाध्क्ष मल्ले आग्रह गर्नुभयो ।
बजारमा सामान अभाव भयो भनेर कालोबजारी गर्ने व्यापारीलाई कारावार्ही गर्न चेम्बरले सरकारलाई सहयोग गर्ने समेत बताउनुभयो ।
अर्थविद् चन्द्रमणी अधिकारीले कोरोना भाइरस (कोभिड–१९)बाट जोगिदै अर्थतन्त्रलाई पनि जोगाउन लाग्नु पर्ने बताउनु भयो ।
अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले खाली समयममा कुरा गरेर बस्नुको सटटा उत्पादन मुलक काम गर्न आग्रह गर्नुभयो ।
अर्थविद् अधिकारीले अहिले शैक्षिक संस्था लगायत विभिन्न कार्यालयहरु बन्द भएको अवस्थामा आफनो घर गएर खेती किसान र घरेलु काम गर्न सकिने बताउनुभयो ।
अहिले विश्व संगै नेपालमा समेत कोरोनाको कारण आर्थिक संकट हुन सक्ने भन्दै हाम्रो जस्तो मुलुकले सामान्य आत्मनिर्भर बन्न सके मात्र पनि फाइदा हुने अधिकारको भनाई छ ।
डा। अधिकारीले धेरै भीड्भाड हुने ठूला उद्योग र कार्यालय बन्द गरिए पनि साना घरेलु लगायत कृषी सम्बन्धी काम गर्न सकिने बताउनुभयो ।
नेपाल चेम्बर अर्फ कमर्सका बरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले कोरोनाको जोखिमबाट बच्न सवै नेपाली एक जुट भएर जुटन् जरुरी रहेको बताउनुभयो ।
विश्वमा फैलिएको कोरोनाले नेपालको अर्थतन्त्रका समेत असर गर्न थालेको भन्दै समस्यालाई शक्तिमा बदल्न जरुरी रहेको मल्लले बताउनुभयो ।
बजारमा औषधि कच्चा प्रदार्थ आठ महिनालाई पुग्ने मौज्दात रहेको र सामानहरु आर्यात भइरहेकोले डराइहाल्ने अवस्था नरहेको बताउनुभयो ।
उपभोक्ताले बजारमा सामान अभाव हुन्छ भन्ने हल्लामा लागेर अनावश्य धेरै सामान खरिद गरेर नराख्न बरिष्ठ उपाध्क्ष मल्ले आग्रह गर्नुभयो ।
बजारमा सामान अभाव भयो भनेर कालोबजारी गर्ने व्यापारीलाई कारावार्ही गर्न चेम्बरले सरकारलाई सहयोग गर्ने समेत बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका दिनेश श्रेष्ठले कोरोनाको कारण देशको अर्थतन्त्रलाई जोगाउन सरकारले साझा रणनीति बनाउन जरुरी रहेको बताउनुभयो ।
अहिले उद्योग व्यवसायीहरु आर्थिक रुपमा घाटामा गएकोले प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
जनतालाई अत्यावश्य सामान उपलव्ध गराउन व्यवसायीहरु सक्रिय भएर लागेको समेत श्रेष्ठले बताउनुभयो । कार्यक्रममा बोल्दै महिला उधमी सुस्मा महराले कोरोना भाइरसका कारण बिश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र तहस नहस भएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रलाई जोगाउन सरकार गम्भीर हुनु पर्ने बताउनु भयो ।