देशका अधिकांश स्थानमा हावाहुरी सहित वर्षा

२५ बैशाख २०७७, बिहीबार १४:०४

काठमाडौं , उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

बिहान पश्चिमी भेगमा सक्रिय रहेको मौसमी प्रणाली अहिले मध्य र पूर्वका केही भू–भागमा सक्रिय भइरहेको मौसमबीद् समिर श्रेष्ठले बताउनु भयो । पश्चिमी भेगको मौसम भने अहिले खुलेको महाशाखाले जनाएको छ। आज साँझ पनि देशभरको मौमस बदली भई हावाहुरी,मेघ गर्जन र चट्याङ सहित पानी पर्ने श्रेष्ठले बताउनु भयो ।