देवेन्द्र पौडेलसहितका १५ नेता नयाँ शक्तिबाट निष्कासित

२ भाद्र २०७४, शुक्रबार १२:२९

नयाँ शक्ति नेपालले देवेन्द्र पौडेलसहितका १५ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीको नीति र विचारविरुद्ध गतिविधि गरेको भन्दै निष्कासन गरेको जनाएका छन्।

कारबाहीमा पर्नेहरुमा देवेन्द्र पौडेल, वामदेव क्षत्री, मुक्ति प्रधान, महेन्द्र पाशवान, बलावती शर्मा, पासाङ शेर्पा, कुमार पौडेल, सुशीला श्रीपाली, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौंलागाईँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार रहेका छन्।