दूध बोक्ने ट्यांकर त्रिशूलीमा खस्यो

२७ जेष्ठ २०७५, आईतवार ०७:३४

जेठ २७, काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्यांकर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बरको ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नम्बरको दूध बोक्ने ट्यांकर त्रिशूलीमा खसेको हो ।

घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्यांकर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्यांकर खाली रहेको प्रहरीले जनाएको छ ।