दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

१५ भाद्र २०७६, आईतवार ०९:५६

काठमाडौं , दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो ।

आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

यो समाचार कारोबार दैनिकमा छ ।