दुर्घट्नामा १ महिने शिशुको मृत्यु

९ माघ २०७४, मंगलवार ०७:५७

माघ ९, काठमाडानैं ।

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको जीप दुर्घटना हुँदा एक महिने शिशु (छोरा)को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार साँझ बा १२ च ८७७१ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने दुईको अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्र्कीका अनुसार भीमेश्वर नगरपालिका–१ ओडारे भन्ने स्थानमा ब्रेकफेल हुँदा बोलेरो करिब २५ मिटर तल झरेको छ । गम्भीर घाइतेको साधारण चेकजाँच पछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको थियो ।


मृत्यु हुनेमा रामेछाप जिल्ला साविकको प्रीति गाविस वडा नम्बर ९ का २५ वर्षीय नानिमाया तामाङको एक महिने शिशु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी कार्र्कीले बताए । आमा नानिमायाको अवस्था पनि गम्मभिर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

  • नानिमायाको धुलिखेल अस्पताल, काभ्रेमा उपचार भइरहेको छ ।

गाडीमा सवार अन्य भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ । गाडी धनी तथा सवारी चालक कालीञ्चोक गाउँपालिका–२ बस्ने २४ वर्र्षीय निमा शेर्पा र बिगु गाउँपालिका–९ का ३५ वर्षीय चन्द्रकुमारी तामाङको अवस्था सामान्य रहेको बताइएको छ ।