दुर्घटनामा ४ को मृत्यु

१२ पुष २०७४, बुधबार १०:५४

पुस १२, काठमाडौं । (एजेन्सी)
रुसको राजधानी मस्कोमा एक बस सडकबाट तल झर्दै सव–वेको प्रवेशद्वारमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।


भिडियो फुटेजमा बस सव–वेको सिँढीबाट तल झर्दै गरेको देखिएको थियो । उक्त दुर्घटना स्लाभियान्स्की बोलेवार्ड मेट्रो स्टेसननजिक भएको जनाइएको छ ।
अहिलेसम्म उक्त घट्ना कट्टरपन्थीसँग सम्बन्ध रहेको संकेत प्राप्त भएकोे छैन् । चालकले बस अयिनत्रित भएको बताएका थिए । दुर्घटनाका बेला सडकमा बरफ जमेको थियो । मृत्यु हुनेहरु सबै बसको ठक्करबाट मरेका थिए ।