दुर्गा प्रसाईंमाथि संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

१३ श्रावण २०७५, आईतवार १५:३७

साउन १३, काठमाडौं ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको मानमर्दन हुनेगरी अभिव्यक्ति दिने झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई कानूनी कारवाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला तथा लक्ष्मी परियार र प्रमिला राई समर्थक छन् ।

आइतवार बिहान प्रतिनिधि सभा सचिवालयमा दर्ता गरेको प्रस्ताव प्रतिनिधि सभाको आगामी बैठकमा छलफल हुने सम्भावना छ ।

प्रतिनिधि सभाको बैठक बुधवार दिउसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि कांग्रेस सांसदहरुले छात्रामाथि लान्छना लगाउने अभिव्यक्ति दिने प्रसाइ माथि कारवाहीको माग गरेका थिए ।