दुई राप्रपा बीच एकता हुँदै

१५ माघ २०७५, मंगलवार १४:१८

काठमाडौं , पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बीच एकिकरण हुने भएको छ । १८ माघमा राजधानीमा एकता घोषणा गरिने राप्रपा प्रजातान्त्रिक स्रोतले जानकारी दिएको छ ।

एकता अन्तिम चरणमा पुगेको राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचरण लोहनीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो , ‘हाम्रो एकता प्रक्रिया लगभग टुँङ्गएिको छ ।’कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेका हुन ।