दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या स् कान्छोको मृत्यु, जेठो घाइते

२५ भाद्र २०७५, सोमबार १५:२८

मोरङ । मोरङमा एक महिलाले दुई छोरालाई डोरीमा झुण््याएर आत्मा हत्या गरेकी छिन् । मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोराहरुलाई झुन्ड्याएर आत्माहत्या गरेकी हुन् । उनले सोमबार विहान आत्माहत्या गरेकी थिईन ।

कविताले आफ्ना १० वर्षीय छोरा निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आत्माहत्या गरेको प्रहरलिे जनाएको छ ।

प्रहरीका अनुसार आफ्नो एक तले घरको बलोमा बिहान ६ बजेतिर पहिले दुबै छोरालाई डोरीले झुण्ड्याएर आफूले पनि झुन्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ। ‘कान्छो छोराको शव आमासँगै एउटै बलोमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला प¥यो,’ उनले भने, ‘जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेको अवस्थामा पाइयो।’

उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ।

झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ।

एसपी केसीका अनुसार घाइते अवस्थामा घरै भित्र भेटिएका निशानको भने झुन्ड्याउने क्रममा घाँटीमा लागेको डोरीको डोव छ। ‘आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भएछ,’ उनले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो।’

दुबै बालक नजिकैको स्कुलमा पढ्ने गर्थे। प्रहरीका अनुसार बिहान १० बज्दा पनि दुबैजना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए।

घर बाहिर होल्ला हुन थालेपछि झुन्ड्याएको डोरी छिनेर बाँच्न सफल भएका कविताका जेठो छोरा निशान घर भित्र रुन र कराउन थालेका थिए।

स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो।