दीर्घरोगीलाई उपचार खर्च

६ माघ २०७५, आईतवार १८:०८

काठमाडौं, टोखा नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । रोग लागेको भनी अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराइने भएको छ ।

नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग गरिने नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनु भयो ।नगरपालिकामा रहेका मुटुरोगी तथा अर्बुद, मिर्गोलालगायत रोगबाट ग्रसितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको जनाइएको छ ।उहाँका अनुसार ती रोगका पीडितको खोजी भइरहेको छ । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उहाँले बताउनु भयो ।