दिवंगत घिमिरेकी पत्नी शिलु बिष्टलाई पाँच लाख रुपैयाको चेक हस्तान्तरण

५ जेष्ठ २०७६, आईतवार १४:४२

काठमाडौं , ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंकले बीमा वापत पाँच लाख रुपैँया प्रदान गरेको छ ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले दिवंगत घिमिरेकी पत्नी शिलु बिष्टलाई पाँच लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिवंगत घिमिरेको परिवारलाई खाताको बीमा वापत चेक हस्तान्तरण गरिएको हो । तात्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

अभिभावकत्व ग्रहण गरिदिएको भन्दै दिवंगत जमदार घिमिरेकी पत्नीले बैंकलाई धन्यवाद दिनुभयो ।

न्युनतम एक सय रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’ मा बैंकले पाँच लाख रुपैयाँको दुर्घटना बीमा गरिएको सिइओ खुञ्जेलीले बताउनुभयो ।

साथै ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ योजनाको खाता खोल्नेलाई एक लाख रुपैयाँको मेडिकल इन्सुरेन्स् र सात लाख रुपैयाँको दुर्घटना बीमा गरिएको खुञ्जेलीले जानकारी दिनुभयो ।