दिउँसै सरकारी कर्मचारीसहित ९ जोडी आपत्तिजनक अवस्थामा पक्राउ

१ मंसिर २०७६, आईतवार १७:५४

वीरगञ्ज , बाराजिल्लाको सिमराबाट सरकारी कर्मचारीसहित ९ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा मार्ने क्रममा उनिहरु आपत्तिजनक अवस्थामा फेला परेका थिए ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बारोका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिनु भयो ।

सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट उनिहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।