दाहाल–नेपाल समूहको गण्डकी प्रदेशस्तरीय भेला आज

२८ पुष २०७७, मंगलवार १२:३५

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आज गण्डकी प्रदेशस्तरीय भेला आयोजना गर्दै छ।

पोखरामा हुने भेलालाई दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाको दाहाल नेपाल समूह सडक आन्दोलनमा छ। त्यसयता विभिन्न ठाउँमा प्रदर्शन, भेला लगायतका कार्यक्रम गर्दै आइरहेको छ। ओली समूह बलियो रहेको गण्डकी प्रदेशमा आफ्नो प्रभाव देखाउनका लागि दाहाल–नेपाल समूहले भेलाको आयोजना गर्न लागेको हो।