दार्चुलामा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा बिस्तार

२९ पुष २०७५, आईतवार १५:०८

दार्चुला– माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ ।बैंकले दार्चुलाको अपिहिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन ।

अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपिहिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।