दाङमा सर्पले डसेर बालिकाको मृत्यु

१९ भाद्र २०७६, बिहीबार १०:५१

दाङ , दाङमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १ सिमलतरा निवासी ७ वर्षीय गोमा वलीको सर्पदंशबाट मृत्यु भएको हो । वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उनको उपचारका क्रममा १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बालिकालाई ढिला गरी उपचारको लागि अस्पताल पुर्याइएको थियो । समयमै उपचारको लागि अस्पताल नलगेको हुँदा उपचार सम्भव हुन नसकेको चिकित्सकले जनाएका थिए । अस्पताल पुर्याएको ५ मिनेटमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।