दाङमा यात्रुवाहक बस दुर्घटना, ११ जना गम्भीर घाइते

१९ आश्विन २०७६, आईतवार १३:१५

दाङ , काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् ।

ना ७ ख ६८४१ नम्बरको बस दाङको लमही नगरपालिका–९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको बताइएको छ ।