दाङमा बढि मूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ

१६ माघ २०७६, बिहीबार १२:०१

दाङ, दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्ने पम्प संचालकलाई पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

तोकिएको भन्दा बढि मूल्यमा डिजेल तथा पेट्रोल बिक्री–वितरण गरेको गुनासो आएपछि निजलाई बुधबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । वलीले बिल नम्बर १३३२ मा प्रति लिटर एकसय १५ रुपैँयाका दरले पेट्रोल बिक्री गरेको प्रमाण नै भेटिएको र यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।