दाङमा तास खेल्दै गरेका १८ जना पक्राउ

८ कार्तिक २०७४, बुधबार ०९:५७

कात्तिक ८, दाङ । लमही नगरपालिका–७ तेलियामा तास खेलिरहेका १८ जनालाई ३ लाख ५९ हजार रुपैयाँ नगदसहित प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । स्थानीय टंक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको हो ।


जिल्ला प्रही कार्यालय घोराही, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमिलियाको संयुक्त विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा लमही नगरपालीका–७ का सरकारी कर्मचारी ४४ वर्षीय टोपबहादुर वली, लमही–५ लमहीका ३२ वर्षीय देवेन्द्र खड्का, वडा नं. ६ का ४३ वर्षीय भीमबहादुर घर्ती, वडा नं. ९ का ४३ वर्षीय खिमलाल वली, २४ वर्षीय विमल खड्का, ३५ वर्षीय प्रकाश कार्की, गढवा गाउँपालिका–६ का २३ वर्षीय अजय कौशल र ३७ वर्षीय हरिप्रसाद भण्डारी छन् ।

यसैगरी गढवा–६ का २५ वर्षीय सन्दिप अधिकारी, २६ वर्षीय रमेश मगर, ४२ वर्षीय राजेश कौशल, लमही–९ का लिला वली, राजपुर गाउँपालिका–७ का २८ वर्षीय सरोज बस्नेत, १८ वर्षीय मनोज बस्नेत, ४४ वर्षीय इन्द्रबहादुर बस्नेत, ३५ वर्षीय नरेन्द्र सिंह र २४ वर्षीय सुवास भण्डारी पक्राउ परेका छन् ।