दाङमा एक महिलाको शव फेला

१७ भाद्र २०७७, बुधबार १२:३४
फाइल तस्बिर


दाङ , दाङमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका वडा नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो।

नदी किनारमा दाउरा बटुल्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहाडीमुलको जस्तो देखिने महिलाको शव फेला परेका इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिनु भएको छ ।
अहिले सम्म शवको सनाखत भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।