दसैंका लागि असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला

२६ भाद्र २०७६, बिहीबार १८:४७


फाइल तस्बिर

काठमाडौं , असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार यस्तो सहमति भएको हो।

महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो।
अधिकांश मानिस दशै पर्वको अवसरमा घर जाने गर्छन्। लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ।