दश भन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको निर्णय

७ बैशाख २०७५, शुक्रबार ०९:१३

वैशख ७, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा दश जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन-पाठन बन्द गर्ने बताएका छन् ।

उनले त्रिविको शिक्षा सुधार कार्यक्रमअनुसार १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिए ।

 

विद्यार्थी कम भएका संकाय सुधारका लागि सेमेस्टर प्रणाली ल्याइएको उपकुलपछि खनियाँले बताए ।

 

त्रिभुवन विश्वविद्यालयको उच्च शिक्षा सुधार परियोजना कार्यालयले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा १० जना भन्दा बढी विद्यार्थी आवश्यक पर्छ, यदि त्यो संख्या पूरा गर्न सकिएन भने कक्षा सञ्चालन बन्द गरिनेछ ।’