दशैको बुकिङ अग्रीम टिकट असोज ५ गतेबाट खुल्न

१ आश्विन २०७५, सोमबार ०७:१८

काठमाडौं । बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको खबर नागरिक दैनिकमा छ। यातायात ब्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए।

तर छलफलका क्रममा विभागले माग सम्बोधन गरिदिने भएपछि अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन्। त्यस्तै गोरखापत्र दैनिकमा बन्द रहेका २५४ वटा यायातयात समितिका खाता खोल्न विभागले पहल गर्ने सहमति भएको खबर छ।

नेपाल यातायात महासंघका महासचिव सरोज सिटौलाले भने ‘असोज ५ गतेबाछ अग्रिम टिकल खला गर्ने सहमति भएको छ, त्यसका लागि हामी तयार छां , भाडा समायोजन र खाता खोल्ने जिम्मा सरकारलाई दिएका छौं।’