दशैंमा गाडी अभावः फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह

१२ आश्विन २०७५, शुक्रबार १०:२१

 

यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ ।

विभागले नै दसैँमा गाडी अभाव हुने सँकेत गरेको हो ।

विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।

फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।