दण्डहीनताका कारण भ्रष्टाचार मौलायोः नेपाल

१२ फाल्गुन २०७५, आईतवार ११:२०

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनउनु भएको छ । शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले सरकारी कार्यालयका कर्मचारीहरु पूरा समय कार्यालयमा नहुने, पैसाबिना सेवाग्राहीको काम नगर्ने प्रवृत्ति व्यापक बन्दै गएको टिप्पणी गर्नु भयो । दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उहाँले रोश प्रकट गर्नु भयो । अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उहाँले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय,अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताउनु भयो ।