थापालाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

२० माघ २०७५, आईतवार ११:३६

विराटनगर , यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापालाई प्रदान गरिएको छ ।

कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा पत्रकार थापालाई २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो । नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा पत्रकारिता पुरस्कार तथा सामाजिक सम्मान समारोहको आयोजना गरी थापालाई पुरस्कृत गरेको हो ।

यस क्रममा नोना कोइराला स्मृति सामाजिक सम्मान तोरणमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, बन्नी नेपाल, गोपाल शर्मा र नारायण अर्याललाई प्रदान गरियो । लामो समयदेखि लोकतन्त्रका लागि क्रियाशील भएकाले मीना गिरीलाई पनि सम्मान गरियो ।प्रतिष्ठानले नोना कोइरालाको स्मृति दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।