थापागाउँ टोलसुधार समितिको शुभकामना आदानप्रदान सम्पन्न

२१ कार्तिक २०७५, बुधबार १५:४४

 

आज काठमाण्डौमा थापागाँउ टोलसुधार समितिले आयोजना गरेको दीपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित गाईपुजा गरी थापागाउँमा अवस्थित बानेश्वर ब्यांकुइटमा टोलवासीको बृहत सहभागीतामा पूजाआजा अनि दिउसी भैलो कार्यक्रम सुभारम्भ भयो ।

उक्त कार्यक्रममा सेल राटी सहित चियापानको ब्यवस्था आयोजक संस्थाले गरेको थियो । टोलसुधार समितिका अध्यक्ष दीपक थापा , सहित कार्यसमितका सम्पूर्ण पदाधिकारीको सहभागीताका साथै सर्वसाधारणको पनि उल्लेखनीय रुपमा उपस्थिती रहेको थियो ।