थाक्रे मानेडाँडामा टिपर पल्टिँदा तीनको मृत्यु

२७ आश्विन २०७५, शनिबार ०८:११

धादिङको थाक्रे गाउँपालिका मानेडाँडामा शुक्रबार साँझ बा ५ प २४१८ नम्बरको टिपर पल्टिदाँ तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमा र एकको उपचारका लागि लाने क्रममा  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा थाक्रे का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेका छन्।