थाइल्याण्ण्ड र लाओसको सीमा क्षेत्रमा गयो ६।४ म्याग्नीच्युडको भूकम्प

५ मंसिर २०७६, बिहीबार १६:४५

बैंकक , सिन्ह्वा थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६।४ म्याग्नीच्युडको भूकम्प गएको छ ।त्यस क्षेत्रका बासिन्दा भूकम्पका कारण त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । महानिर्देशक सोम्साक खावसुवानले थाइल्याण्डको मौसम विज्ञान विभागका १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो ।
स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन गएको उहाँले बताउनु भयो । महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६।५० बजे गएको जानकारी दिनुभयो । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । ?