थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

१० जेष्ठ २०७७, शनिबार १६:३७

काठमाडौं , थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो । यो संगै संक्रमितको संख्या ५८४ पुगेको छ ।

कोरोना संक्रमण देखिनेमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।