थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

२९ बैशाख २०७७, सोमबार १२:५६

काठमाडौ‌ं , नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो। कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन ।सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ।