तीन लाख ६० हजार नगदसहित दश जुवाडे पक्राउ

२७ कार्तिक २०७६, बुधबार १०:२६

काठमाण्डौ , महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति रु तीन लाख ६० हजार नगदसहित १० जुवाडेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।