तल्लो तहसम्म एकता छिटै टुंगिन्छ प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार १४:३६

 

बुटवल
नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले अव केही दिन भित्र नै तल्लो तहसम्मको पार्टी एकता टुंगिने बताएका छन् । बुटवलमा आयोजित शुभकामना सन्देश आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन पार्टी एकता भएको र अब विकासका कामले गति लिने दाबी गरे ।

‘अब मुलुकको एकता र विकास नेकपाबाट मात्रै सम्भव छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मुलुकलाई अबका ५ वर्षमा पूर्वाधार तयार र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि पु¥याउँछौँ ।’ उनले पार्टी एकता र बलियो सरकार बनेपछि देश ‘ल्यान्डलक’को चाबी खुलेको बताए । अहिले देश विकास र समृद्धिको अपार सम्भावनामा रहेको उनले बताए । कार्यक्रममा प्रचण्डले पार्टी एकता तलसम्मै सहज ढंगले केही दिनभित्रमा टुंगिने बताए ।