तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो , चिसोबाट जोगिन आग्रह

७ पुष २०७६, सोमबार १२:५८

काठमाडौं , जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको जनाएको छ । महाशाखाले चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा दिउँसो सम्ममा हट्ने जनाएको छ । आगामी तीन दिनसम्म पूर्वी पहाडी भेगमा मौसममा सामान्य बदली हुने भए पनि बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।