‘तपाईँको पहाड कहाँ हो ? निबन्ध संग्रह विमोचन

१४ बैशाख २०७६, शनिबार १३:०२

काठमाडौं , भीष्म उप्रेतीद्वारा लिखित निबन्ध संग्रह ‘तपाईँको पहाड कहाँ हो ? बजारमा आएको छ । निबन्धकार रोशन शेरचन, गोविन्द गिरी प्रेरणा डा गीता त्रिपाठी र लेखक स्वयंले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरे ।

कार्यक्रममा गोविन्द गिरी प्रेरणाले पुस्तकमा व्यक्तिपरक निबन्ध आपूmलाई मनपरेको बताए । डा गीता त्रिपाठीले समकालीन निबन्धमा उप्रेतीका निबन्ध अब्बल रहेको बताउँदै भनिन्, ‘निबन्धकार उप्रेतीले निबन्धलाई कवितात्मक बनाउनु भएको छ ।’

उनले लेखकले आपूm कविता लेख्ने भएकाले निबन्ध पनि कवितात्मक ढंगले लेखेको अनुभूतिको बताइन् । कृतिकार उप्रेतीले आपूm अझै साहित्य लेखनमा सक्रिय भएको हुँदा थप पुस्तक लेख्ने धारणा व्यक्त गरे । उक्त कृति शिखा वुक्सले प्रकाशन गरेको हो ।