‘तक्मेबुढा’लाई पुत्र लाभ

१५ माघ २०७६, बुधबार १६:१५

काठमाडौं , हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’लाई पुत्र लाभ भएको छ । उनकी श्रीमती सरीना लामाले आज छोरालाई जन्म दिएकी हुन् ।इलामकी सरीनासँग राईको गतवर्षको फागुनमा बिवाह भएको थियो ।

राईले आफ्नो फेसबुक मार्फत तस्बिर सहित शेयर गरेका छन् । आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी महसुस भएको उनले सामाजिक संजालमा लेखेका छन् ।